अध्ययनले भन्यो- ‘कोरोना संकटका बेला योगाभ्यास अति उपयोगी’

अस्ट्रेलिया । कोरोना संकटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ ।

कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ ।

विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् । अनुसन्धानको नेतृत्व गर्नु भएका जकिन्ता ब्रिन्स्लीले सामाजिक दूरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिए ।

अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताए । त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सवैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाईलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दावी छ । – एपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *