नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज (सोमबार ) कोे प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ७ जनामा संक्रमण भएको पुष्टि गरे ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम मेल्यक गाउँपालिकाका ३२ वर्षीय पुरुष, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गुलरिया–१० बर्दियाका २२ र २४ वर्षीय पुरुष, गुलरिया–२ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १८ र काठमाडौं घर भइ कलैया बारामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो प्रवक्ता देवकोटाले जानकारी दिए ।

योसँगै देशभर संक्रमितको संख्या ६८२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *