क्रियशन र कोकाकोलाद्वारा नेपालका ३ हजार २ सय वर्करलाई राहत वितरण

काठमाडौं । क्रियशन र कोकाकोलाले नेपालका ३ हजार २ सय वेस्ट वर्करहरुलाई राहत वितरण गरेको छ । नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) नामको संयुक्त पहलको घोषणा गरेसँगै राहत पनि वितरण गरेको हो ।

यस परियोजनाको पहिलो कार्यक्रम १५ मेई, २०२० मा काठमाडौंको बुढानिलकण्ठस्थित वुमन फर ह्युमन राइटमा आयोजना गरिएको थियो जहाँ १५० वेस्ट वर्करहरुलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो ।

यसबाहेक, मेई २५ तारिखको राहत कार्यक्रममा एक सय जना अग्रपङ्गतीमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिनेछ र यस कार्यक्रममा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको पनि उपस्थीति रहने छ ।

जोखिममा रहेका वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुर्याउन जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने पयिोजनाको लक्ष रहेको बताइएको छ । यो परियोजना कोकाकोलाको कोभिड—१९ विरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो ।

हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसले ४६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ । तिनीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिला लाभार्थीहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनःप्रयोग योग्य सेनिटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।

डब्लुडब्लूईआरपी प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रीसाइक्लर, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई) का संयुक्त सहयोग हो जसले परियोजनाको व्यापक पहुँचका लागि आफ्नो सञ्जालमा रहेका वेस्ट वर्करहरुको सूची प्रदान गरेका थिए । यो पहलको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२०० वेस्ट वर्करहरु र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो जहाँ २५०० भन्दा बढि वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उक्त परियोजना काठमाडौं, किर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ ।

क्रियशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राले भने, “द कोका—कोला फाउण्डेशनको सहयोगमा यस पहलमार्फत वेस्ट वर्करहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं ।”

वुमन फर ह्युमन राइटकी संस्थापक लिली थापाले भनिन्, “वेस्ट वर्करहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपङ्गतीमा रहेका छन् र व्यक्तिगत स्तरबाट हामी कम्तिमा आफ्नो घरको फोहोर फाल्नुअघि बेग्ला—बेग्लै छुटाइदिन सक्छौं । यसबाहेक, यस्ता पहलहरु सामूहिक एकबद्धता र उनीहरुको कामप्रति सम्मान देखाउने उत्तम तरिका हो ।”

यस्तै कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोभिड—१९ महामारीले हामी सम्पूणका लागि निकै चुनौतिपूर्ण समय निम्त्याएको छ । हामी सबै यो मुस्किल परिस्थीतिको सामना गरिरहेको बेला अग्रपङ्गतीमा काम गरिरहेका र महामारीका कारण जोखिममा रहेका वेस्ट वर्कर समुदायलाई यो निकै ग्राहो भएको छ । हाम्रो निष्कपट सहयोगमार्फत हामी उनीहरुले कोरोना भाइरसको नकारात्मक परिणामहरु भेग्नु नपरोस् भनेर सुरक्षा र उनीहरुको जीवीकोपार्जनको रक्षा गर्न प्रयासरत छौं । यो कोभिड—१९ महामारीको लडाइमा हामी उनीहरुका साथमा छौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *