थप १९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज (आइतबार) कोे प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप १९ जनामा संक्रमण भएको पुष्टि गरे ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी ३ का ४५ वर्षीय पुरुष १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, ३४ वर्षीय पुरुष, ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै रौतहटका ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देहीका ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यसैगरी प्रादेशिक जनस्वासथ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ३ जना पुरुष, कपिलवस्तुका ३ जना, गुल्मीका १ जनामा संक्रमण देखिएको छ ।

योसँगै देशभर संक्रमितको संख्या ६०३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *