नेपालको नक्सा अनधिकृत रूपमा छापेर बिक्री गरे कारबाही गरिने : नापी विभाग

काठमाडौँ । नापी विभागले नेपालको नयाँ नक्सा अनाधिकृतरुपमा छपाई गरी विक्री वितरण गरेमा कारबाही गर्ने जनाएको छ।

नेपालको नयाँ नक्सा अनधिकृतरुपमा छपाई तथा विक्री वितरण गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनधिकृत तवरले छपाई र विक्री वितरण नगर्न/नगराउन आग्रह गरेको हो।

स्रोत नखुलेको, नक्साको आधारभूत विषय (हेडिङ, स्केल, लिजेन्ड, टेक्ट) प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमासमेत नमिलेका नक्सा सामाजिक संचाल एवं विभिन्न सञ्चार माध्यममा प्रयोग भई जनमानसमा भ्रम सिर्जना भएको भन्दै विभागले यस प्रकारका नक्सा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रयोग नगर्न निर्देशन दिएको छ।

साथै नेपालको (राजनीतिक तथा प्रशासनिक) को छपाई कार्य भइरहेकोले छिटै सर्वसुलभ वितरणमा ल्याइने समेत जानकारी गराउनुका साथै विभागको वेबसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न अपिल गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *