बसन्त ऋतुको आगमनसँगै रोमान्टिक बन्दैछ चीन (फोटो फिचर)

काठमाडौं । कोभिड–१९ ले थलिएको चीन चलायमान हुँदैछ । बसन्त ऋतुको आगमनसँगै चीनमा रंगीन जाराकान्डा ढकमक्क फुलेका छन् । एक महिना अघिसम्म सुनसान रहेका शहरहरुमा सवारी चल्न थालेका छन् ।

रोमान्टिक बैजनी जाराकान्डाले चीनका शहरलाई ग्लामसर र रंगीन बनाएको चाइना डेलीले जनाएको छ । चीनको युन्नान प्रान्तको कुन्मीमा रोमान्टिक निलो र बैजनी जाराकान्डा रूखहरूले सजाइएको छ, पर्यटकहरूलाई आकर्षित गर्न जाराकान्डा फुलहरु सडकहरूमा फिजाइएको छ ।

सुन्दरता मरुभूमिको गहिराइमा फस्टाउँछ भनेजस्तै चिनियाँ भित्री मंगोलिया स्वायत्त क्षेत्रको उराद रियर ब्यानरको बलौटे जमिनमा अर्किडहरू बसन्तको आगमनसँगै खिलिरहेका छन् ।         

चीनका पार्क तथा बगैचाहरुमा चराचुरुङ्गीको चिर्रविर्र आवाजसँगै प्रेमालाप देख्न सकिन्छ । पोखरीहरुमा हाँसका जोडीको प्रेमालिङ्गन देख्न पाइन्छ । लकडाउनले पुरै विश्वकाे वातावरण सफा भएकाे छ । परपरसम्म निलाे आकाश देखिन्छन् ।

२०१९ को डिसेम्बरमा चीनको उहान प्रान्तमा देखापरेको नोवेल कोरोना भाइरसबाट चीन मुक्त भइसकेको भएपनि दक्षिण एशियाली राष्ट्रहरुसँगै अमेरिका, युरोप अझै आक्रान्त बनेका छन् ।

चिनियाँ अधिकारीहरूले सम्पूर्ण देशमा ट्राफिक दुर्घटना विवादलाई अनलाइन ह्यान्डल गर्नकालागि पाइलट कार्यक्रम विस्तार गर्ने योजना बनाएका बनाएका छन् । सरकारी तथा निजी कार्यालयहरु सञ्चालनमा आइसकेका छन् । पार्क, मल तथा सिनेमा हलहरुमा मानिसको चहलपहल बढेको छ । यी सबै हेर्दा यस्ताे लाग्छ, विश्वकाे शक्तिशाली देश चीनलाइ काेराेनाले छाेएकै थिएन ।

कोरोना भाइरसले निम्त्याएको महाविपत्तिबाट पार पाएसँगै चीनले नागरिकको स्वास्थ्य सुरक्षा र अनुसन्धानमा आफुलाई केन्द्रीत गरेको छ । अझैपनि चीनका प्रमुख शहरहरुमा सामाजीक दुरी कायम गरीएको छ । तस्वीर स्राेतः चाइना डेली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *