नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं। नेपालमा शनिबार थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

सेती अस्पतालको प्रयोगशालामा कैलालीका ४ जना सङ्क्रमित पुष्टि भएका हुन्। प्रवक्ता देवकोटाका अनुसार उनीहरूमा चारै जनामा आरडिटी पोजेटिभ भएपछि पीसीआर गर्दा कोरोना संक्रमण देखिएको हो।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका थप १ जनामा पोजेटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेका २७ जनामा कोरोना संक्रमण देखिएको छ। बर्दियाका बढैयाताल १ जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

यस्तै, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कर्णाली प्रदेशका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ। नेपालमा हालसम्म ७० जना अहिले सङ्क्रमणमुक्त भएका छन् भने तीन जना सङ्क्रमितको भने मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन्। पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरू गरिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *