कोरोनाबाट बच्न नियमित यी सप्लिमेन्टको सेवन गर्न जनस्वास्थ्य विद्को सुझाव

काठमाडौं। पचास वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरूमा कोरोना सङ्क्रमणको जोखिम बढिहुने भएकोले विशेष सतर्कता अपनाउन जनस्वास्थ्य विद्हरूले आग्रह गरेका छन्। जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले ५० वर्षभन्दा माथिका मानिसहरूले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताए।

नेपालमा कोरोना सङ्क्रमणको सङ्ख्या प्रत्येक दिन थपिँदै गएका छन्। भारतबाट नेपाल आउनेको सङ्ख्या अत्यन्तै ठुलो छ। भारतबाट फर्किनेहरूको सङ्ख्या ठुलो रहेका कारण परीक्षण समेत नगरी, क्वारेनटाइनमा नराखी आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ। यसले गर्दा सङ्क्रमण बढ्ने क्रम जारी रहनेछ। यस्तो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी रहेको डा. पाण्डे बताए।

कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुन पानीले हात धोइरहने लगायतका सुरक्षा विधि अपनाउन उनको सुझाव छ। उनले एक/दुई वर्षसम्म मानिसको जीवनशैली यसरी नै अघि बढ्न सक्ने सम्भावना रहेको सङ्केत गरे।

कोरोना सङ्क्रमणबाट सबै भन्दा धेरै प्रभावित अमेरिका रहेको छ। अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसियुमा बस्नुपर्ने प्रतिशत यस्तो छः

उमेर          मृत्युदर       अस्पताल बस्नुपर्ने    आइसीयु
0-29      – 0.003%     – 0.2%                   -0.02%
30-39   – 0.008%     -0.29%                  -0.06%
40-49   – 0.017%      -0.69%                 -0.18%
50-54   – 0.058%      -1.28%                 -0.39%
55-59   – 0.145%       -1.98%                  -0.69%
60-64   – 0.290%      -2.70%                -0.99%
65-69   – 0.757%       -3.52%                 -1.37%
70-74   – 1.668%        -5.30%                 -1.82%
75-79   – 4.433%        -8.14%                 -1.70%
80-85  – 7.836%        -9.11%                  -0.50%

डा. पाण्डेले बढी उमेर समूहका मानिसमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या, उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धूम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या भए औषधिले रोग नियन्त्रणमा राख्ने, आवश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी सुझाव दिएका छन्।

इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला।

  • Vitamin D3 60K हप्ताको १ क्याप्सुल / गोली
  • Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने
  • Zinc DT 20mg दिनको १ गोली खानापछि खाने
  • गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरीच मिसाएर बनाएको चिया दिनको २ पटक खाने।

यी सप्लिमेन्ट सस्तो मूल्यमा औषधि पसलहरूमा उपलब्ध छन्। यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन्। यी सप्लिमेन्ट सेवन गर्दा निकै फाइदा हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *