मानव सेवामा रोयल कोलाबोरेटिभ्स र निसर्ग: दैनिक ५ सय बढीलाई खाना खुवाउँदै

काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका २ भन्सारस्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्स प्रालिले खाना खुवाउने अभियान शुरु गरेको छ ।

भारतबाट आएका नेपालीको गौरीफन्टा नाकाबाट उद्धार गरी नवदुर्गा माविमा राखिएको छ, त्यहाँ राखिएकाहरुलाई निसर्ग हस्पिटलको सहकार्यमा रोयल कोलाबोरेटिभ्स प्रालिले खाना खुवाउने अभियान शुरु गरेको हो । रोयल कोलाबोरेटिभ्सले शुक्रबार मात्रै ५ सयभन्दा बढिलाई ‘रोयल कोलाबोरेटिभ्स दानापानी अभियान’ अन्तर्गत खाना खुवाएको अध्यक्ष गजेन्द्र शाहीले बताए ।Image may contain: one or more people and people sittingउनका अनुसार दैनिक ७ सय जनालाई खाना खुवाउने प्रतिबद्धताका साथ प्रालिले अभियान थालेको हो । धनगढीमा रहेको निसर्ग हस्पिटलले खाद्यान्नको व्यवस्थापन गरेको बताउदै अध्यक्ष शाहीले पकाउने र खुवाउने जिम्मेवारी आफुहरुले लिएको बताए ।यसअघि शाही अध्यक्ष रहेको नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ ले धनगढी उपमहानगरपालिका भित्रका वडाहरुमा रहेका सुत्केरी र गर्भवतीलाई विभिन्न पोषण खाना बितरण गरिसकेको छ भने धनगढीमा कपडा बैंक समेत संचालनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *