फ्लोअप: नाबालिका बलात्कार केसमा श्री सुब्बालाई सात दिनको म्याद थप

काठमाडौं । ८ वर्षीया नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका समाजवादी युवा संघका नेता श्री सुब्बालाई सात दिनको म्याद थप गरीएको छ । इलाका प्रहरी कार्यालय धरानले बिहिबार पक्राउ गरेका सुब्बालाई शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको हो ।

बलात्कारको आरोपमा पक्राउ गरेको सुब्बा समाजवादी युवा संघका १ नं. प्रदेश अध्यक्ष हुन् । उनलाई परीवारभित्रकै एक बालिकालाई लगातार बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जिल्ला अदालत सुनसरीबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरेर ल्याइएको बताए । ‘पहिलो पटकलाई अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी अनुमति पाएका छौं,’डिएसपी न्यौपानेले भने ।

बिहिबार धरान–१३ सारंगातर्फ पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सुब्बाले एक नाबालिकालाई बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा परेको थियो । नाबालिकालाई पैसा दिएर करणी गरेको नाबालिकाकी आमाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि : नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका युवा नेता श्री सुब्बा पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *