स्वास्थ्य मन्त्रालयको विवरणमा फेरि अर्को त्रुटि !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको कोरोना भाइरस (कोभिड १९) संक्रमितको विवरणमा त्रुटि भएको पाइएको छ ।

आज बिहान जारी गरिएकाे संक्रमितको विवरण

बिहान मन्त्रालयले थप ३० जना संक्रमितको विवरण जानकारी गराउने क्रममा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वडामा थप नयाँ संक्रमित फेला परेको उल्लेख गरेको थियो । जबकी उक्त नगरपालिकामा १२ वटा मात्रै वडा छन् । १३ र १४ वडा स्वास्थ्य मन्त्रालयले नै खडा गरेको हो, यसमा उसको लापरवाही देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि गत जेठ १ गते पनि प्राविधिक समस्याका कारण दोहोरो काउन्टिङ भएको बताएकाे थियाे । जसमा संक्रमितको संख्या नै तलमाथि हुन पुगेको थियो । पछि स्पष्टिकरण दिँदै मन्त्रालयले उक्त विवरण सच्याएको थियो ।

नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ४८७ छ भने संक्रमित ३ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे समय स्वास्थ्य मन्त्रालयले पिसिआर विधिबाट परीक्षणकाे दायरा बढाएसँगै संक्रमितकाे संख्या पनि बढ्दै गएकाे छ ।

संक्रमित ४९ जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *