पाटनको आइसोलेसनमा राखिएका विरामीको मृत्यु, पिसिआर रिपोर्ट भने नेगेटिभ

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका एक जना व्यक्तिको निधन भएको छ । कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना भएका व्यक्तिको निधन भएको हो ।

मृतकको परिचय खुलाइएको छैन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा अहिले २८ जना रहेका छन् । हिजो सम्ममा ४ जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए ।

‘आइसोलेसनमा राखिएको विरामीको मृत्यु भएको भएपनि उसको पिसिआर रिपोर्ट कोरोना नेगेटिभ आएको छ । अरु नै कारणले मृत्यु भएको हुनसक्छ ।’ डा. शर्माले मकालु खबरसँग भने । बिरामीको मृत्युको कारण खुल्न सकेको छैन ।

अस्पतालमा काेराेनाका विरामीकाे निधन भएकाे खबर बाहिरिएसँगै त्रासकाे वातावरण फैलिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *