विश्वभर २० लाख ८० मानिस निको भएर घर फर्किए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २० लाख ८० हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार २० लाख ८० हजार ४ सय २८ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ३४ हजार ५८८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५१ लाख ९३ हजार ४ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ६४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १६ लाख १९ हजार ७८७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ८१ हजार ९१४ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ५० हजार ९०८ कुल संक्रमित भएका छन् भने ३६ हजार ४२ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २८ हजार ६ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ४८६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३४ हजार ५६० जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८१ हजार ८२६ कुल संक्रमित भएका छन् भने २८ हजार २१५ जनाको मृत्यु भएको छ । यसैबीच ६३ हजार ८५८ जना निको भएर फर्किएका छन् ।  स्पेनमा २ लाख ८० हजार ११७ कुल संक्रमित भएका छन् भने २७ हजार ९४० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख १० हजार ८७ जना संक्रमित भएका छन् भने २० हजार ४७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख २५ हजार ९६० जना ठिक भएका छन् ।  बेल्जियममा ५६ हजार २३५ कुल सङ्क्रमित भएका छन् भने ९ हजार १८६ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ९८८ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७९ हजार २१ कुल संक्रमित भएका छन् भने ८ हजार ३०९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५८ हजार निको भएर फर्किएका छन् ।  इरानमा एक लाख २९ हजार ३४१ कुल संक्रमित भएका छन् भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५६४ जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ८१ हजार ३२४ जना संक्रमित भएका छन् भने ६ हजार १५२ जनाको मृत्यु भएको छ । त्यस्तै ४१ हजार ७१५ जना ठिक भएका छन् । मेक्सिकोमा ५६ हजार ५९४ जना संक्रमित भएका छन् भने ६ हजार ९० जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३८ हजार ८७६ जना निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९६७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २४९ निको भएर फर्किएका छन् ।  टर्कीमा एक लाख ५३ हजार ५४८ जना संक्रमित भएका छन् भने ४ हजार २४९ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख १४ हजार ९९० जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *