के त्यो दुर्व्यवहार यति सस्तो थियो र ?

काठमाडौं । केही दिन अगाडि कोरोना महामारीको जोखिम मोल्दै सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएका उत्तम कार्की १० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनी आज जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाएर छुटेका छन् । उनी १० हजार धरौटी बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए।

उत्तम कार्कीले गत शुक्रबार नागढुंगामा काठमाडौं प्रवेश गर्न खोजेका निर्देशक कार्कीमाथि दुर्व्यवहार गरेका थिए।

उनी आफैंले गरेको फेसबुक लाइभ भाइरल बनेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। त्यसपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो। उनलाई प्रशासन कार्यालयले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *