जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्तसम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १८ सम्मका लागि उडान बन्द गर्ने निर्णय गरिएको थियो ।

गत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याउने निर्णय गरेको थियो तर हवाई उडानबारे निर्णय गरेको थिएन । हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *