कोरोना संक्रमित फेला परेपछि मैतिदेवी क्षेत्र सिल

काठमाडौं । काठमाडौंको मैतिदेवी क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको छ ।

बुधबार सो क्षेत्रका एक जनामा कोरोना पुष्टि भएसँगै मैतिदेवी प्रहरी बिटको अगाडिपट्टि करिब एक सय मिटरभित्रको दूरी सिल गरिएको हो । सो आपसपासका क्षेत्रमा पनि आवातजावातमा कडाइ गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा पोजेटिभ देखिएको हो । ती युवा रामेछापका रहेको पाइएको छ । उनी वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *