मुख्यमन्त्री कार्यालयको गलत सूचनाले सीमा क्षेत्रमा नेपाली अलपत्र !

  • अंकुश कुँवर

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गलत सूचना दिँदा भारतमा रहेका नेपाली सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टका सहयोगी प्रेम कुँवरले सरकारले सीमा नाक खुला गरिसकेकाले भारतमा रहेका नेपालीलाई आउन आग्रह गरेका थिए । उनले भारतमा समस्यामा परेका नेपालीसँग फोनमा कुराकानी गर्दै यस्तो नेपाल आउन आग्रह गरेका थिए । उनले फोनमा गरेको कुराकानी सार्वजनिक गरिएसँगै भाइरल भएपछि भारतमा रहेका नेपालीहरू बस रिजर्भ गरेर सीमा क्षेत्रमा आइरहेका छन् ।

कुँवरसँग भारतको केरलामा रहेका एक युवकले मुख्यमन्त्री भट्टको नम्बरमा फोन गरेका थिए । जुन फोन कुँवरले उठाएका थिए । युवकले आफूहरू अलपत्रमा परेकाले नाकाको अवस्था कस्तो छ भनेर सोधेका थिए । फोनमा कुँवरले युवकलाई नाकासम्म आए त्यहाँबाट प्रदेश सरकारले उद्धार गर्ने गरेको बताएका थिए ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन ।

सरकारले केही दिनअघि सीमा क्षेत्रका भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल ल्याएको थियो । त्यो बाहेका अन्य कसैलाई पनि ल्याएको छैन र आउन पनि आग्रह गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *