चितवनमा मृत्यु भएका वृद्धमा कोरोना नेगेटिभ

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना नेगेटिभ देखिएको छ । आईसीयू कक्षमा उपचाररत ६८ वर्षिय वृद्धको मृत्यु कोरोना संक्रमणका कारण नभएको पुष्टि भएको हो ।

मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो । मृत वृद्धको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सरको आशंकामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएपनि उनको भरतपुर अस्पतालमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *