सुनकोसी नदीको किनारमा वेपत्ता युवाको शव भेटियो

सिन्धुली । सिन्धलीको फिक्कल गाउँपालिका ५ सुनकोसीको किनारमा जेठ ४ गते पौडी खेल्न जाँदा वेपत्ता भएका युवाको शव भेटिएको छ।

मंगलबार फिक्कल गाउँपालिका ५ नारिम खोलाको दोभानमा १९ बर्षिय दिनेश बुढाक्षेत्री र फिक्कल गाउँपालिका ५ पंचकन्या स्थित सुनकोशि नदिको किनारमा २० बर्षिय बिश्व जनक बुढाक्षेत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुवै जना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्रि काम गर्दै आएका प्रहरी नायव उपरीक्षक श्यमबहादुर खत्रीले जानकारी दिए ।
सुनकोसीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए, वेपत्ताको खोजी गर्दा आज शव फेला परेको र मुचुल्काको लागि प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *