आज थपिएका २७ जना सहित कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।

पछिल्लो समय थप भएका संक्रमितहरु २७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप गरीएका संक्रमित सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको जानकारी दिए । आज थपिएका संक्रमित १७ वर्षदेखि ४२ वर्षका रहेका छन् ।

आज झापामा ९ जना कोरोना संक्रमितको पहिचान भएको छ । मोरङ, सुनसरीमा १/१ जना संक्रमितको पुष्टि भएको छ । सर्लाहीमा २ जना भेटिएका छन् । काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, रामेछापमा १ जना, ललितपुरमा १ जना संक्रमितको पहिचान भएको छ । भने, सिन्धुलीमा १ जना, लमजुङमा १ जना, कपिलवस्तुमा ४ जना र नवलपरासीमा १ जना नयाँ संक्रमितको पहिचान भएको छ ।

आज फेला परेका संक्रमित २७ जना मध्ये २४ पुरुष र ३ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा कोरोना परीक्षण गरीएकोमा कालिमाटीमा ७०० नमुना आरडिटीबाट लिइएकोमा ३ जनालाई पोजेटिभ देखिएको छ । ३३४ जनाको पिसिआरबाट परीक्षण गरिएकोमा सबैको कोरोना नेगेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जनाए ।

यसैगरी विभिन्न स्थानका सरसफाई सेन्टरहरुमा गरीएको ६६४ आरडिटी परीक्षणमा ३१ वटा पोजेटिभ देखिएको छ । २६७ पिसिआर गरिएकोमा सबै नेगेटिभ आएको छ ।
गंगवु क्षेत्रमा गरिएको ४२० आरडिटी परीक्षणमा १५ वटा पोजेटिभ देखिएको छ । भने, पिसिआरबाट गरिएका १७२ मा रिपोर्ट आउन बाँकी रहेको छ । यता भृकुटी मण्डपमा ४५२ वटा आरडिटीबाट र २४६ पिसिआरको रिजल्ट आउन बाँकी छ । केही दिन यता उपत्यकाबाट २२३६ आरडिटीबाट र १०१९ पिसिआरबाट नमुना संकलन र परीक्षण गरीएको छ ।

मन्त्रालयले आजबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण नभएको तर, कोरोना परीक्षण गर्न चाहेमा शशुल्क कोरोना परीक्षण गर्ने जनाएको छ ।

मन्त्रालयले कोरोना संक्रमित बढि भएका क्षेत्रहरुमा १०/१० जनाको स्वास्थ्य टोली पठाउने निर्णय पनि गरेको छ ।

आजसम्म ४०२ कोरोना संक्रमित भएकोमा ३४० पुरुष ६२ महिला रहेका छन् । यी मध्ये आज झापाका ६२ वर्षिय कोरोनाको उपचार पछि डिस्चार्ज भएका छन् । उनी कोशी अस्पताल विराटनगरबाट २५ दिनमा डिस्चार्ज भएका हुन् । आजसँगै नेपालका ३६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *