‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ’ : प्रवक्ता शर्मा
२०७७ जेठ ६ गते

नेकाका प्रवक्ता शर्मा। फाइल फोटो।
काठमाडौं। लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गर्नु स्वागत योग्य काम भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
प्रवक्ता शर्माले नक्सा सार्वजनिक भएपछि सरकारको वास्तविक परीक्षा सुरु भएको बताउँदै भारतीय सेना कालापानी क्षेत्रबाट हट्नुपर्ने बताए।
‘नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य। भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ।’ डा. शर्माले भनेका छन्।
उनले नेपालको पुरै भूभागमा नेपालको पूर्ण हक कायम हुनुपर्ने बताउँदै भनेका छन्–‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ।’ शर्माले भनेका छन्।
उनले दुवै छिमेकीसँग गहन कूटनैतिक पहल सुरु गर्नुपर्छ। हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न भनेका छन्।
२०७७ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








