सुत्केरी महिलाको आरडीटी पोजेटिभ देखिएपछि नेपाल मेडिकल कलेजका डाक्टरसहित ३० जना क्वारेन्टाइनमा

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा डेलिभरीका लागि भर्ना भएकी सुत्केरी महिलाको कोरोनाको आरडीटी टेष्ट पोजेटिभ देखिएपछि ३० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।

हिजो आइतबार राति डेलिभरीका लागि अस्पताल भर्ना भएकी सुत्केरी महिलाको आरडीटी टेष्ट पोजेटिभ आएपछि अस्पतालमा कार्यरत डाक्टर सहित ३० जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

कलेजका प्रवक्ता डा. प्रकाश पौडेलले शल्यक्रियामार्फत बच्चा जन्माएकी सुत्केरी महिलाको कोरोनाको आरडीटी टेष्ट पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका डाक्टरसहित ३० जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

ती महिलाको स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको छ । ‘महिलाको स्वाब टेकु पठाएका छौं, रिपोर्टको प्रतीक्षामा छौं ।’ प्रवक्ता पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *