बाग्मती सफाइ महाअभियानको ७ वर्ष पूरा

काठमाडैं । आज बाग्मती सफाइ अभियानको ७ वर्ष पूरा भइ आठौं वर्षमा प्रवेश गरेको छ । काठमाडौं उपत्यकाको सभ्यता, संस्कृति, आस्था, पहिचान, जीवन अधार बाग्मती र यसका शाखा नदीहरुको वर्षौदेखि थुप्रिएको फोहर सफाइ गरी बाग्मती नदीलाई स्वच्छ बनाउने पुनीत उद्देश्यले विसं २०७० जेठ ५ गतेबाट शुरु गरिएको बाग्मती सफाइ महाअभियानको आज ७ वर्ष पूररा भइ ८औँ वर्षमा प्रवेश गरेको हो ।

आज बाग्मती सफाइ अभियानका अभियन्ताहरुबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अहिलेको अवस्था कोरोना भाइरस (कोभिड १९) ले मुलुक लकडाउनको अवस्थामा छ । यो अवस्थामा समयमा एकै स्थानमा जम्मा भएर कार्यक्रम गर्ने अवस्था नभएकाले भर्च्युअल कन्फ्रेन्सको माध्यमबाट महाअभियानको समिक्षा गर्दै भावी योजना तर्जुमा गर्न १३ जना अभियन्ताहरुबीच अन्तर्क्रिया गरिएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा अभियन्ता किशोर थापाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल विज्ञापन संघ, यस ट्राभल्स डट कम, नेपाल चलचित्र कलाकार संघ, गायत्री परिवार, काठमाडौं महानगरपालिका, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता रहेको थियो ।
यसमा विदेशबाट विशिष्ट व्यक्तित्व, नेपाल स्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता जनाएका थिए ।

यस अभियानमा वर्षौंदेखि थुप्रिएको करिब १२ हजार टन भन्दा बढी फोहर उठाइएको र १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा योगदान गरिसकेका छन् ।

शुरुमा बाग्मती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बाग्मतीको माथिल्लो भेग, तिलगंगा र शाखा नदीहरु विष्णुमति, रुद्रमति, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरु तथा उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रम बाग्मती सफाइ महाअभियानको प्रेरणाले संचालन भइरहेको छ ।

बाग्मती सफाई महाअभियान संचालन हुनथालेपछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफाभएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ ।

नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *