कोरोना संक्रमणबाट ज्यान गुमाएकी सुत्केरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरुः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सिन्धुपाल्चोक निवासी २९ वर्षीय कोभिड १९ पोजिटिभ सुत्केरी महिलाको मृत्यु भएपश्चात उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा कन्ट्याक्ट ट्रेसिङ कार्य सुरु भइसकेको आज (आइतबार) को प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा त्यहाँको कम्युनिटी मेडिसिन युनिट र सिन्धुपाल्चोक तथा धुलिखेल अस्पतालको लागि धुलिखेल अस्पतालको कम्युनिटी मेडिसिन युनिटको अग्रसरतामा महाशाखामार्फत ट्रेसिङ कार्य गरिन लागिएको प्रवक्ता देवकोटाले बताए । यो कार्य हिजै सुरु पनि भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार आजदेखि नमुना संकलनहरु पनि सम्पर्क व्यक्तिहरुको सुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *