सर्लाहीकी संक्रमित युवती काठमाडौंमा भेटिइन्, मोटरसाइकलमा आएकी थिइन् कपन

काठमाडौं । सर्लाहीकी संक्रमित भनिएकी १९ वर्षीय युवती काठमाडौंको कपनमा भेटिएपछि तेन्जिङ चोक सिल गरिएको छ । उनलाई हिजो कोरोना संक्रमण भएको पुष्टि भएपछि आज सो क्षेत्र सिल गरिएको हो ।

हिजो सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो । ती युवती केही दिनअघि सर्लाही रामपुरबाट काठमाडौं आएकी हुन् ।

ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने गरेको पाइएको छ । ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट लुकीछिपी मोटरसाइकलमा काठमाडौं आएका थिए। स्थानीय बासिन्दाले ती मानिसको परीक्षण गर्न माग गरेपछि पहिले आरडिटी विधिबाट गर्दा नेगेटिभ देखाएको थियो । पछि पिसिआर विधिबाट परीक्षण गर्दा ती युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

कण्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली अहिले कपन क्षेत्रमा पुगेको छ । ट्रेसिङपछि थप ठाँउ सिल हुन सक्ने बुढानिलकण्ठ नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *