कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि शिशुसहित परिवार आइसोलेसनमा 

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाबाट जन्मिएको शिशुलाई आइसोलेसनमा राखिएको छ ।

आमाको कोरोना संक्रमणबाट मृत्यु भएपछि शिशुपनि संक्रमित भएकाे हुन सक्ने भन्दै १२ दिने शिशुलाई आइसोलेसनमा राखिएको हो । शिशुसहित मृतक महिलाका श्रीमान, आमा र बहिनीलाई पनि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको जानकारी दिइएको छ । भोलिसम्म नतिजा आउने छ ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

त्यहाँबाट घर फर्किएपछि ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।

नेपालमा कोभिड १९ संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । यहाँ हालसम्म २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *