लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याउने तयारी गरेको छ । लकडाउनको समयावधि थप्ने निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । संक्रमितको संख्या लगातार बढेसँगै मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि लम्बाइने सम्भावना छ । पछिल्लो चरणमा थपिएको लकडाउनको म्याद (जेठ ५ गते) भोलि सकिँदै छ ।

उपत्यका तथा आसपासका जिल्लामा समेत संक्रमित देखिएपछि लकडाउनलाई थप कडाई बनाउँदै अवधि बढाउने तयारीमा सरकार छ । नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि घर फर्केका छन् भने एक महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *