संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । संसदमा आजदेखि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । संसद बैठक ११ बजेका लागि डाकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते (शुक्रबार)संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सो माथि आज र भोली संसदमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आज प्रमुख प्रतिपक्षी दलका नेताले सरकारका नीति तथा कार्यक्रममाथि दलको धारणा प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रममा संशोधन दर्ता गएका सांसदहरुले त्यसपछि क्रमशः धारणा राख्ने संसदीय प्रचलन रहिआएको छ ।

नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसमाथि उठेका सवालहरुबारे संसदमा जवाफ दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *