यस्तो थियो जननेता मदन भण्डारी बस्ने घर (भिडियो सहित)

काठमाडौं । मोरङको रतुमाई नगरपालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आश्चर्य चकित पर्ने गरेका छन् । त्यो बेला देखीको काठको मनोमोहक घर मात्र हैन, घर भित्र छिर्दा कम्ता रमाईलो हुँदैन् । जुन भिडियोमा देख्न सकिन्छ ।

इटहरीको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ ।

काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतिविधि गर्ने भएकोले माथिल्लो तलालाई खाली नै राखिएको छ ।

मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गरेको बताइएको छ ।

२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो ।

मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची कालीसम्म र्पुयाउने काम यही इटहराको सातमेडीबाट गरेको उनलाई नजिकैबाट नियालेकाहरु बताउँछन् ।

राष्ट्रपतिको रुपमा रहेकी मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *