केही घण्टा सहज लकडाउनको फाईदा उठाउँदै गुणस्तरहीन सामग्री बिक्रि

भरतराज शर्मा(गोपाल)
धरान,सुनसरी । लकडाउनलाई केही राहत दिने उदेश्यले स्थानीय सरकार बिहानको ६ बजेदेखी ९ बजे सम्म सर्बसाधारणलाई किनमेल गर्न केही खुकुलो बनाएपछि सुनसरीको धरानमा सामाजिक दुरीको समेत ख्याल नगरी सर्बसाधारणले भिडिभाड गर्दे किनमेल गर्न थालेका छन ।
करिब ६० दिन हुन लागेको लकडउनका बेला सर्बसाधारणलाई केही मात्रामा केही घण्टा मात्रै छुट दिईएको भएपनि धरान भने सोही समयमा मौकाको फाईदा उठाउदै लेबलिङ तथा खानै योग्य नहुने गरीका सामानहरु पनि बिक्री बितरण गर्न थालेको हो ।

धरानमा क्वालिटी बिस्कुटले लेवलिङ नगरी पाउरोटी बिक्री गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
धरान–१ स्थित रहेको धरान क्वालिटी बिस्कुट उद्योगले उत्पादन गरेको बिस्कुट जन्य सामाग्रीमा लेवलिङ (सूचक पत्र) नराखेको भेटिएको छ ।
धरान उपमहानगरको अनुगमन समितिले आज शनिबार नियमित अनुगमनको क्रममा उद्योगबाट उत्पादित पाउरोटी बिस्कुटहरूमा लेवलिङ नलगाएको भेटिएको थियो । अनुगमन समितिले सबै बिस्कुटहरूमा अनिवार्य रूपमा लेवलिङ गर्नका लागि चेतावनी दिएको छ ।
नेपालमा कुनै पनि उद्योगले उत्पादन गर्नुपूर्व अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य समय, मूल्य सूची, तौल, खाद्य वस्तुको नाम, समिश्रण, ब्याच नम्बर, उत्पादक तथा प्याकेजिङकर्ता उल्लेख गरेकै हुनुपर्छ । अनि मात्रै बिक्री वितरण गर्नका लागि स्वीकृति प्रदान गरिने गरिएको धरान उप-महानगरपालिकाका अनुगमन अधिकृत बेद प्रसाद सापकोटाले जानकारी दिए ।

लेवलिङको नमूना उल्लेख गरे पनि उत्पादित मिति लगायत नराखेको बिस्कुट भेटिएको थियो भने उक्त उनुगमन समितिले सो उद्योले उत्पादन गरेको कुनै पनि सामग्रीमा उक्त कुरा उल्लेख नभएको पाइएपछि पहिलो पटकलाई सचेत गराई छाडिएको छ ।
समितीका अधिकृत बास्कोटाका अनुसार आइन्दा पनि यस्ता गम्भीर गल्ती भएमा कारबाही गरिने र बिस्कुट जफत गरेर नष्ट गरिने गरी चेतावनी दिएर छाडिएको बताए । त्यसैगरी आजै अनुगमन समितिले धरानको छाताचौकमा सञ्चालित एक मेडिकल सेन्टरमा अण्डा समेत बिक्री गरेको भेटेपछि सचेत गराएर छाडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *