राजधानीमा सरसफाइको काम गर्ने ३१ जनामा आरडिटी पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ कर्मचारीमा गरिएको कोरोना भाइरस परीक्षणमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) पोजिटिभ देखिएको महानगरपालिकाले जनाएको छ ।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ६ सय ६४ जना कर्मचारीको र्यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियाे । परीक्षण गरिएकामध्ये १६ जना पुरुष र १५ जना महिलामा आरडिटी पोजिटिभ देखिएको हो ।

अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको पिसिआर परीक्षण गरिसकिएकाे छ । रिपाेर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *