सरकारको पहिलो प्राथमिकता ‘कोरोनामुक्त देश’, फजुल खर्च कटौती

काठमाडौं । सरकारले निर्माणाधीन ठुला आयोजना समयमै सम्पन्न गर्ने घोषणा गरेको छ ।

आज (शुक्रबार) बसेको संघीय संसदको दुवै सदनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उनले निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्।

यसका लागि सरकारले स्रोत साधनको अधिकतम उपयोग गर्ने उनको भनाइ छ। सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनले बताइन् ।

यस्तै उनले सरकारले कोरोना भाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको बताइन् ।

अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *