आज विहान थपिए दुई कोरोना संक्रमित, राजधानीमा मात्रै ६ जना संक्रमित

काठमाडौं । आज विहान थप दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विहान थप दुईमा कोरोना पोजेटिभ भेटिएको हो ।

थप भएका दुई मध्ये एक कपिलवस्तुकी ६ वर्षिया बालिका र अर्का काठमाडौं चन्द्रागिरी नगरपालिका ३२ वर्षिय पुरुष रहेका छन् ।
मंगलबार मात्रै चन्द्रागिरी मच्छेगाउँकी ३३ वर्षिय महिलामा कोरोना पोजेटिभ देखिएको थियो । आजबाट राजधानीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । हिजो बुधबार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३, नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ३५ जना संक्रमित पूर्ण निको भइर घर फर्किइसकेका छन् ।

लकडाउन खुकुलो बनाउँदा थपिए कोरोना संक्रमित
पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमण फैलिएको छ । एक साता अघि राजधानी सँगै मुलुकका ठूला शहरमा लकडाउन खुकुलो बनाइएको थियो । काठमाडौं उपत्यका र देशका प्रमुख औद्योगिक शहरहरुमा बैंक वित्तीय संस्था तथा कार्यालय खोल्न दिइएसँगै चहलपहल बढेको थियो ।

उपत्यकामा जथाभावी हिड्ने सर्वसाधारणलाई नियन्त्रणमा लिदै नेपाल प्रहरी

स्वास्थ्यविज्ञहरुले लकडाउन खुकुलो बनाउँदा संक्रमणको जोखिम बढेको भन्दै अझै केही साता लकडाउनमा कडाई गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु रहेकोले अहिलेको अवस्थामा लकडाउनको विकल्प खोजि हाल्न नहुने विज्ञहरुको सुझाव छ ।

सरकारले आजबाट लकडाउनमा झनै कडाइ गर्ने भएको छ । सम्पूर्ण कार्यालयहरु बन्द गरीएका छन् भने, बैंक तथा वित्तीय संस्थाहरुलाई पनि निश्चित मात्रामा पास दिइने भएको छ । यस अघि जारी भएका सबै प्रकारका पासहरु खारेज गरीसकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =