२ जना संक्रमित थपिदा २ जना डिस्चार्ज, निको हुनेको संख्या ३५ पुग्यो

काठमाडौं । देशभर पिसिआर विधिबाट २१ हजार ३४० वटा नमुना स्वाब परिक्षण भएको छ भने आरडिटी ६० हजार ३१९ वटा नमुना स्वाब परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा पिसिआर विधिबाट २ हजार ३५७ र आरडिटी विधिबाट ६९२ वटा नमुना स्वाब परीक्षण भएका छन् । त्यस्तै देशभर १४ हजार ३१३ जना क्वारेन्टाइनमा छन् भने २४५ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यसैगरी बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११ औँ दिनमा र चितवनमा उपचाररत ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएकी छिन् । योसँगै कुल डिस्चार्ज संक्रमितको संख्या ३५ पुगेको छ ।

नेपालमा हालसम्म २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप दुई जनामा संक्रमण देखिसँगै संक्रमितको संख्या २१९ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *