थप २ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २१९ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभि १९) संक्रमितको संख्या २१९ पुगेको छ । आज (बुधबार) दिउँसो थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१९ पुगेको हो ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै अर्का संक्रमित कपिलवस्तु नगरपालिका-५ का २२ वर्षीय पुरूष छन् ।काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनकाे रिपार्ट पाेजिटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *