कोरोनालाई जितेर फर्किइन् राप्तिकी महिला

  • ध्रुवराज खनाल

चितवन । चितवन राप्तिकी एक महिला कोरोनालाई जितेर घर फर्किएकी छिन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि राप्ती ८ कि कोरोना संक्रमित महिला घर फर्किएकी हुन् ।

भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गरिएको थियो । अस्पतालले ती महिलालाई बुधबार डिस्चार्ज गरेको हो । उनको छोराको भने यसअघि नै डिस्चार्ज गरिएको थियो ।

ती महिलासँग उनका दुई छोरा बेलायतबाट आएका थिए । दुई छोरामध्ये एक छोराबाहेक अर्का छोरा र आमालाई आरडिटी पोजिटिभ देखिएपछि गरिएको स्वाब परिक्षणमा पनि कोरोना पोजेटिभ आएको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले लगातार रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको जानकारी दिए । उनले संक्रमित दुवैका अवस्था अहिले सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताए ।

उनले सोही अनुरुप राप्ती नगरपालिकालाई बिरामीको जिम्मा लगाइएको बताए । ती महिलालाई लिन राप्ती नगरपालिका मेयर प्रभा बराल आफै अस्पताल पुगेकी थिइन । दुवै जना संक्रमित निको भएसँगै चितवन अब तत्कालका लागि कोरोना संक्रमणमुक्त बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *