भक्तपुरमा पनि भेटिए २ कोरोना संक्रमित, काठमाडौंमा फेरि थपिए १ जना

काठमाडौं । भक्तपुरमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण केस देखिएको छ ।

थप २६ जना संक्रमितमध्ये २ जना भक्तपुरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौंमा पनि १ जना थपिएका छन् । संक्रमित ३३ वर्षीया महिला हुन् ।

थप २६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको छ, जसमध्ये ३३ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *