धर्नामा पनि सहभागी थिए पर्साका संक्रमित २ पत्रकार

वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका पर्साका २ पत्रकार धर्नादेखि सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यमा पनि एकसाथ रहेको पाइएको छ ।

पछिल्लो पटक वीरगञ्जमा पत्रकारहरुले गरेको सामूहिक आन्दोलन र घण्टाघरमा भएकाे धर्नामा समेत उनीहरु सहभागी थिए । उनीहरु पक्राउ पनि परेका थिए । रिहा गराउन भएको पत्रकारहरुको भेलामा समेत उनीहरु सामेल थिए ।

आजैका संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी पनि भएको खुलेको छ । कपिलवस्तुमा थपिएका ८ संक्रमितमध्ये एकजना २५ वर्षीया स्टाफ नर्स पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन् । त्यहाँ स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

पत्रकार र स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमणको जोखिम बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *