राहतमा कुहिएको चामल दिने ठाकुर ट्रेड लिङ्कलाई २ लाख जरिवाना

  • अंकुश कुँवर

धनगढी । धनगढी उपमहानगरपालिलाई राहतमा कुहिएको चामल दिने आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुँवरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेवापत दुई लाख रुपैयाँ जरिवाना गरिएको बताए ।

धनगढी उपमहानगरपालिकाले खरिद गरि वितरणका लागि विभिन्न वडामा पठाएको राहतको चामल कुहिएको भेटिएको थियो । चामल कुहिएको भन्दै पीडितहरुले गुनासो गरेपछि उपमहानगरपालिकाको पहलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले अनुसन्धान गरेको थियो ।

साथै सो आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरि रोक्का गरिएको कुँवरले जानकारी दिए । उनका अनुसार आपूर्तिकर्ताको गोदाममा मौज्दात चामल पनि कुहिएको भेटिएको थियो ।

धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाख तीन हजार रुपैयाँमा तीन सय क्वीन्टल चामल, आठ सय क्वीन्टल दाल लगायतका खाद्य सामग्री खरिद गरेको थियो । जसका लागि उपमहानगरपालिकाले ठाकुर ट्रेड लिंङ्कसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *