१९१ संक्रमितमध्ये १५८ जना पुरुष, ३३ महिला

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका १९१ जनामध्ये १५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

आज (मंगलबार) को प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । आज मात्रै थप ५७ जनामा कोरोना पुष्टि भएको थियो । कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना थपिएका हुन् ।

त्यस्तै आज थपिएका सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजाने तयारी थालिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरू बाहेक हालस १०३ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *