आइसोलेसनमा रहेका २२८ मध्ये ७० जना सम्भावित संक्रमित !

काठमाडौं । नेपालमा पीसीआर विधिबाट हालसम्म १८ हजार ९६४ वटा स्वाब नमुना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ५९ हजार ६२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा थप २ हजार २३६ वटा स्वाब नमुना परीक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा १२ हजार ७८५ जना रहेका छन् । आइसोलेसनमा हालसम्म २२८ जना रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । जसमध्ये काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर २२८ जना रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा २५ जना आइसोलेसनमा छन्, जसमध्ये १९ जना कन्फर्म केस छ भने ६ जना शंकास्पद छन् । त्यसैगरी प्रदेश नम्बर २ मा ८० जना आइसोलेसनमा छन् । जसमध्ये शंकास्पद केस १२ र पुष्टि भएका केसहरु ६८ छन् ।

त्यस्तै बागमती प्रदेशमा कुल २५ जना आइसोलेसनमा छन् । जसमध्ये शंकास्पद केस २४ छ भने कन्फर्म केस एउटा छ । प्रदेश ५ मा कुल ९८ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये २८ जना शंकास्पद छ भने पुष्टि भएको केसको संख्या ७० छ ।

यसरी हाल १५८ जना पुष्टि भएकाहरु आइसोलेसनमा छन् भने ७० जना सम्भावित संक्रमित छन् । नेपालमा हालसम्म १९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये ३३ जना उपचारपछि निकाे भइसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *