कोरोना संक्रमित युवाको सम्पर्कमा रहेकाहरुको पहिचान, बुधवार स्वाब परिक्षण हुने

  • ध्रुवराज खनाल

चितवन । चितवनबाट गएका सप्तरीका कोरोना संक्रमति युवाको सम्पर्कमा रहेकाहरुको पहिचान गरिएको छ । चितवनको खैरहनी नगरपालिका १३ गवैबाट ति युवा सप्तरी पुगेका थिए । उनीसहित १३ जनाको टोलीले सो वडाभित्र ज्याला मजदुरीको काम गर्दै आएकोमा उनीहरु वैशाख ८ गते राती यहाँबाट गएका थिए ।

१८ वर्षिय युवामा सोमवार कोरोना पोजेटिभ देखिएको थियो । ति युवामा संक्रमण पोजेटिभ देखिएपछि खैरहनी नगरपालिकाले उनको सम्र्पकमा रहेकाहरुको पहिचान गरेको हो । मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र वडा कार्यालयको टोलीले सम्र्पकमा रहेकाहरुको पहिचान गरेको थियो । स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार ति युवासँग पटक पटक सम्पर्क भएका र सम्पर्कमा रहेका व्यक्तिका परिवारको पहिचान गरिएको हो ।

पटक पटक सम्र्पक भएका र सम्पर्कमा रहेका व्यक्तीका परिवारका २२ जनाको पहिचान गरिएको उनले बताए । संक्रमित युवा यहाँ काम गर्दाका ठेकेदार र उनका परिवार, ति युवालाई बस्न दिएका घरका साहु र खाद्यान्न र तरकारी खरिद गरेको पसलका संचालक र उनका परिवारको पहिचान गरिएको हो । पहिचान गरिएका मध्ये पहिलो चरणमा ८ जनाको स्वाब परिक्षणका लागि बुधवार कोरोना अस्पताल लगिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले नेपालमा कोरोना संक्रमण पछि नगरपालिकाले यसैलाई मात्र प्राथमिकता दिएको र ति संक्रमित युवाको सम्पर्कमा रहेकाहरुको परिक्षण पनि नेगेटिभ आउने विश्वास व्यक्त गरे ।

नेपालमा संक्रमितको संख्या वढ्दै गएको अवस्थामा वाहिरि जिल्लाबाट आउनेहरुको पाईएकाले सर्तक र सजग हुन नगरवासीहरुलाई प्रमुख चौधरीले आग्रह गरेका छन् । सप्तरीमा संक्रमण देखिएका ति युवासहितको १३ जना मध्ये ५ जना फागुन ४ गते र ८ जना फागुन १४ गते गवै आएका थिए । संक्रमित युवा भने १४ गतेको टोलीमा थिए । उनीहरुले यहाँ नाला निर्माण र माछा पोखरीको पर्खाल निर्माणको काम गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *