एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १९१ पुगेको छ । आज (मंगलबार) एकैदिन ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।

कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन् । जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा काेराेना पुष्टि भएका उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *