तन्दुरुस्त छु, मलाई कारोना लाग्दैन भन्ने भ्रममा नपरौँः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकलाई सजग हुन आग्रह गरेको छ ।

आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वयस्क र बलियो हुँदैमा कोरोना संक्रमण नुहुने भन्दै ढुक्क नभइ सजग र सुरक्षित भएर बस्न आग्रह गरेका हुन् ।

‘आफू वयस्क, तन्दुरुस्त भएको र कोभिड संक्रमण हुँदैन भन्ने भ्रममा नपरौँ । अहिले नेपालको तथ्यांक नै हेर्ने हो भने पनि बच्चादेखि ज्येष्ठ नागरिक सबैलाई कोभिडले छोडेको छैन’, प्रवक्ता देवकोटाले भने, ‘२ महिनादेखि ८१ वर्षसम्मका मानिसलाई कोभिड संक्रमण भएको छ । जसमध्ये २० देखि ५० वर्षसम्मका धेरै हुनुहुन्छ ।’

त्यस्तै धुमपान तथा सुर्तिजन्य वस्तुको प्रयोगले व्यक्तिहरुमा अझै कोरोनाको जोखिम बढ्ने हुँदा त्यस्ता पदार्थहरुको सेवन नगर्न पनि उनले अनुरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *