कोठे भेला सम्बोधन गर्न मुख्यमन्त्रीले गरे हेलिकप्टर रिजर्भ

इश्वरी प्रसाद देवकोटा ।

जुम्ला । कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई पनि कोभिड-१९ रोकथाम तथा नियन्त्रण अस्पताल घोषणा गरेकोले मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावतले लाखौ वढीको खर्च आउने हेलिकप्टर चढेर कोठे भेलालाई सम्बोधन गर्न जुम्ला पुगे ।

कर्णालीबासीको मुख्य आयश्रोत कामकोलाली भारत जाने भएको र लगडाउनकै बीचमा झण्डै छ हजार मान्छे छिमेकी राष्ट्र भारतवाट जुम्ला भित्रिएका र क्वारेन्टाइमा नबसेको चौतर्फी आलोचना भैरहँदा मुख्य मन्त्री शाहीले हामीले जिल्लामा पठायौँ जिल्लाले पालिकामा पठायो पालिकाले वडामा पठायो वडाले घरघरमा पठायो भन्दै गैरजिम्मेवारी पुर्ण तर्क दिएका छन् ।प्रदेश सरकारले नागरिक उद्धारको स्पष्ट मापदण्ड बनाउन नसकेको भन्दै सामाजिक सञ्‍जालमा स्थानीयले चर्को विरोध गरेका छन् । नेताहरुले महंगो खर्चमा हेलिकप्टर चढ्नु भन्दा जनताहरुलाई राहत बोकेर जान सुझाव स्थानीय डिल्लीराज हमालले दिए । उनले सामाजिक सञ्‍जाल फेसबुकमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु हेलीमा निरिक्षणको बहाना गर्नु भन्दा राहत दिएको भए कति राम्रो हुन्थ्यो होला भनी लेखेका छन् ।

त्यस्तै आर्थिक वर्षको उत्तरार्धमा आइपुग्दा प्रदेश सरकारले १४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । अब यो खर्च कसरी बढ्छ त ? यसको सरल जवाफ छ, मुख्यमन्त्री तथा मन्त्रीहरु यसरी नै हेलिकप्टर मार्फत जिल्ला जिल्लामा राजकीय भ्रमण गर्ने छन् ।मुख्यमन्त्रीले आइतबार एक दिन जुम्ला अस्पताल अुनगमन तथा मापदण्ड विपरितको कोठे भेलालाई सम्बोधन गर्न कम्तिमा पनि लाखौ बढीको हेलिकप्टर रिजर्भ गरेर खर्च गरेका छन् । मुख्यमन्त्रीले लाखौ खर्चेर अस्पतालको मापदण्ड जाँचे तर आफैले भने थुप्रै मापदण्ड मासे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *