कानुन मन्त्रीको गाउँमा सुत्केरी बोक्न काठको स्टेचर !

जुम्ला । जनताले गाउँमा सिंह दरबार देखेको दुई वर्ष पुगिसक्दा पनि जुम्लाको गुठीचौरको समस्या भने उस्तै छन् ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीको गाउँपालिकाको रुपमा चिनिने गुठीचौर गाउँपालिकाम अझै सुत्केरीलाई काठको स्टेचरमा बोकेर स्थानियले झण्डै ५ घण्टा बोकेर स्वास्थ्य चौकी ल्याउने गरेका छन् । गुठीचौर गाउँपालिका वडा नं २ की मुनमाया बोहोरा सुत्केरी हुन नसक्दा काठको स्टेचरमा राखेको स्वास्थ्य चौकी पुर्‍याईएको हो ।गुठीचौर गाउँपालिका एम्बुलेन्सको कुरा त के प्रयाप्त स्टेचर समेत नभएकोले आफुले काठको स्टेचर बनाएर बिरामी ल्याइएको स्थानिय बुद्धिराम बोहोराले जानकारी दिए । उता गुठिचौर गाउँपालिकाले एम्बुलेन्स र गार्डी खरिदको लागि तयारी गरको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *