भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त, ११ सैनिक घाइते

काठमाडौँ । भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिकको नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त हुँदा ११ जना घाइते भएका छन् । समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन देखि मुक्कामुक्कीसम्म हुन पुगेको बताइएको छ ।

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै भिडन्तको समाचार लेखेको छ । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमा क्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो ।

हिन्दुस्तान टाइम्सले भिडन्तमा एक सयभन्दा बढी दुवैतर्फका सेनाको संलग्नता रहेकोमा ११ जना घाइते भएको उल्लेख गरेको छ ।

समाचारमा सात जना चिनियाँ र चार जना भारतीय सेना घाइते भएको उल्लेख गरिएको छ ।

टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै यस प्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रोटोकलबमोजिम आफैँ समाधान गर्दै आएका छन् ।

दुवै देशका सरकारी अधिकारीहरूले भने यसबारे कुनै पुष्टि गेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *