अभ्यासमा फर्किए स्पेनिस क्लब बार्सिलोनाका खेलाडी

काठमाडौं । कोरोना महामारीका कारण केहि समय घरमै रहेका स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू अभ्यासमा फर्किएका छन् ।

कोरोना त्रासकैबीच लिग सुरू गर्ने तयारी स्वरुप स्पेन सरकारले क्लबहरुलाई अभ्यासका लागि अनुमति दिएपछि बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि मैदान फर्किएका हुन् । लिग सुरु गर्ने तयारी भएपछि बार्सिलोनाले शुक्रबारबाट अभ्यास थालेको छ ।

पहिलो दिनको अभ्यासमा कप्तान लियोनल मेसी, एन्टोनियो ग्रिजम्यान, लुइस सुआरेज, मार्क आन्द्रे, जेरार्ड पिकेलगायत खेलाडी सहभागी थिए । मेसी लगायतका खेलाडीहरुले जोन गेम्पर ट्रेनिङ सेन्टरमा एक्लाएक्लै ट्रेनिङ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *