चितवनको सिमलटांडिमा श्रीमानले गरे श्रीमतिको हत्या

ध्रुवराज खनाल ।

चितवन । पूर्वीचितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बारा जिल्ला सिमरा स्थाइ घर भई हाल खैरहनी नगरपाीलका सिमलटाडीमा भाडामा बस्दै आएकी अन्दाजी ३५ बर्षिय मन्जु अधिकारीको आफ्नै ४२ बर्षिय श्रीमान कृष्णप्रसाद अधिकारीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख ऋषि राम घर्तिमगरका अनुसार हत्या गएराती साढे ९ बजे भएको हो । हत्या गरिएकी मन्जुको विवाह दर्ता समेत नभएको र ६ महिनाको नाबालक छोरा भएको घर भाडामा घर दिने कुमार चिमरीयाले बताए ।

श्रीमान श्रीमतीबिच वेलावेलामा झगडा समेत हुने गरेको स्थानीयले बताएका छन् । हत्या गरेको श्रीमानलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक मन्जुको शवलाई पोष्ट मार्टमको लागी भरतपुर अस्पतालको शव गृहमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *