पत्रकार सम्मेलन गरिरहेका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

काठमाडौँ । लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ परेका छन् ।

पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठलाई प्रहरीले धुम्बाराहीको शंकपार्कमा पत्रकार सम्मेलन गरिरहेका बेला पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको छ।

लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *